कञ्चनपुरमा राज्यले अनावश्यक बल प्रयोग गर्‍याे : नयाँ शक्ति

 भदौ ९, २०७५ शनिबार ९:५०:९ | उज्यालो सहकर्मी

काठमाडौं – १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपालले भर्त्सना गरेको छ । 

बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानबिन र कारबाहीको प्रक्रिया द्रूत गतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको नयाँ शक्तिले आरोप लगाएको छ ।

घटनाको छानबिन र अपराधीलाई कारबाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गरेको नयाँ शक्ति पार्टी, नेपालले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । 

कर्फ्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानबिन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्तिले माग गरेको छ । साथै, प्रहरीको गोली लागि मृत्यु भएका सनी खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि उसले माग गरेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया