मकालु हिमालबाट सात हजार किलो  फोहर सङ्कलन

 जेठ १४, २०७८ शुक्रबार ६:८:६ | रासस
unn.prixa.net

तस्बिर : रासस

सङ्खुवासभा - सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहर सङ्कलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहर गरेको छ ।

मकालु हिमालको आधार शिविरबाट छ हजार छ सय सात किलोग्राम फोहर सङ्कलन गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजङ्ग थापाले जानकारी दिनुभयो । फोहर सङ्कलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गएकाे वैशाख १२ गते  मकालु हिमालको आधार शिविर पुगेको उहाँले जानकारी दिनुभयो ।

टोलीले गएकाे जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौथो क्याम्प फोहर सङ्कलन गरेको थियो। यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरिएको टोलीले जनाएको छ ।

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहर सङ्कलन हुने टोलीले जनाएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु हिमालको उचाइ आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाइसम्मको फोहर सङ्कलन गरेको जनाएको छ । 

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहर सङ्कलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहर र १७ सय २५ किलोग्राम कुहिने फोहर सङ्कलन गरेको सेनानी थापाले जानकारी दिनुभयो । टोलीले सङ्कलन गरेको कुहिने फोहर मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताउनुभयो ।

फोहर सङ्कलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहर बुझाएको छ भने अन्य नकुहिने फोहर काठमाण्डौ लगिएको सेनानी थापाले बताउनु भयो । सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया