राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो भएन :देउवा

 जेठ १५, २०७८ शनिबार ७:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो नभएको आरोप लगाउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने पनि बताउनुभएको छ । 

‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने सङ्कल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु’ देउवाले भन्नुभएको छ । 

लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञातअज्ञात सबै वीर सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै देउवाले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने उल्लेख गर्नुभएको छ ।

कांग्रेस सभापति देउवाले कोरोनाको महामारीका कारण देशले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा नागरिकको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप पनि लगाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया