पत्रकारसँग नबोलेको भन्दै ओसाकालाई ग्राण्ड स्लाममा सहभागी नगराउने चेतावनी

 जेठ १७, २०७८ सोमबार ८:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्राण्ड स्लामले जापानी टेनिस खेलाडी नाओमी ओसाकालाई फ्रेन्च ओपनसहित अरु ग्राण्ड स्लाम प्रतियोगिता नखेलाउने चेतावनी दिएको छ ।

फ्रेन्च ओपन प्रतियोगिताको क्रममा विश्व नम्बर २ ओसाकाले पत्रकारसँग बोल्न मानेकी थिइनन् भने आफूले अरु पत्रकार सम्मेलनमा पनि नबोल्ने बताएकी थिइन । तर ग्राण्ड स्लाम आयोजकले भने उनले प्रतियोगिताको नियम तोडेको भन्दै १५ हजार डलर जरिवाना तिराउने र उनले अडान परिवर्तन नगरेमा भविष्यमा हुने प्रतियोगितामा सहभागी नगराउनेसम्मको चेतावनी दिएको छ ।

ओसाकाले भने आफूले मानसिक स्वास्थ्यको लागि पत्रकारसँग कुरा नगर्ने बताएकी छिन । उनले आफूलाई पत्रकारसँग बोल्न बाध्य पारिँदा झनै अप्ठ्याराे महसुस हुने बताएकी छिन । ग्राण्ड स्लाम आयोजकले मिडियालाई बहिष्कार गर्नु प्रतियोगिताको आचारसंहिता विपरीतको कदम हुने भन्दै ओसाकाले बानी सुधार नगरे थप जरिवाना र भविष्यमा हुने सबै ग्राण्ड स्लाममा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया