काेराेना सङ्क्रमण दर केही घट्याे, पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २७ प्रतिशतकाे मात्रै 'पाेजेटिभ' रिपाेर्ट

 जेठ १७, २०७८ सोमबार २०:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण दर केही घटेको छ । पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २७ दशमलव २४ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिन अघिसम्म नमुना परीक्षण गरिएकामध्ये ३५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेकोमा आज २७ प्रतिशतमा झरेको हो । पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८४ जनामा सङ्क्रमण देखिएको हो ।

यो सङ्ख्यासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६१ हजार तीन सय दुई पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार चार सय ९१ जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणबाट थप एक सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यस अघिका विवरणसहित एक सय १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार तीन सय ८६ पुगेको छ ।   

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुरेशचन्द्र घिमिरे

    May 31, 2021, 9:23 p.m.

    निषेधाज्ञा लगाइएको एक महिनापछि बल्ल सङ्क्रमण दर घट्न लागेको छ,हामीजस्ता धेरै अझैपनि पिसिआर् परीक्षणको दायरामा आउन सकेका छैनाैं,आशा छ हामीलाई त काेराेना भएकाे छैन हाेला।

  •  0 Reply

तपाईको प्रतिक्रिया