काठमाण्डौमा अत्यावश्यक काम नपरि हिँड्नेलाई दिनभरि होल्ड, एक सयदेखि दुईसय रुपैयाँसम्म जरिवाना

 जेठ १८, २०७८ मंगलबार ८:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा अत्यावश्यक काम नपरि हिँड्ने र पास नबोकी हिँड्नेलाई जरिवाना तिराउन थालिएको छ । अहिले हरेक दैनिक एक हजार जना कारबाहीमा पर्ने गरेका छन् । कोभिड सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने भनिएको थियो ।

मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ जरिवाना  हुने  र अत्यावश्यक बाहेकका गाडी चलाएमा दुई पाङ्ग्रेलाई पटकै पिच्छे दुई हजार रुपैयाँ र अन्य गाडीलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवाना हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको थियो । तर, अध्यादेशमा तोकिएअनुसार निषेधाज्ञा पालना नगर्नेलाई ठूलो जरिवाना भने नतिराइएको ट्राफिक प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

निषेधाज्ञा पालना गराउनका लागि अहिले एक सयदेखि दुईसय रुपैयाँसम्म मात्रै जरिवाना तिराउने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक थपिएको निषेधाज्ञा पालना गर्न गराउन केही दिन सम्झाइबुझाइ नै गरिएको थियो । तर, अटेर गरेपछि एक सयदेखि दुई सय रुपैयाँसम्म जरिवाना तिराउन थालिएको ट्राफिक प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पास नबोकी हिँड्ने गाडीलाई दिनभरि होल्ड गर्ने र सयदेखि दुई रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया