संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

 माघ २४, २०८१ बिहीबार १२:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय संसद्को आजको बैठकमा सरकारले ल्याएका सबै अध्यादेश पेश हुने भएको छ । दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा अध्यादेश निर्णयार्थ पेश गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

त्यसपछि सम्बन्धित मन्त्रीले पालैपालो अध्यादेश पारितका लागि प्रस्ताव गर्नेछन् । सरकारले ल्याएका सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

प्रतिनिधिसभामा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै बहुमत पुगे पनि राष्ट्रियसभामा भने बहुमत पुग्नका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया