काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा रोपाइँ सुरु

 जेठ १९, २०७८ बुधबार ९:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोरोना महामारीकै बीच धान रोपाइँ सुरु भएको छ । पहाडी धेरै जिल्लामा रोपाइँको काम सुरु भएको हो । काठमाण्डौ उपत्यकामा पनि रोपाइँ सुरु भएको छ ।

केही दिन अघि लगातार जसो पानी परेपछि किसानले रोपाइँ सुरु गरेका हुन् । निषेधाज्ञाकै बीच काठमाण्डौ उपत्यकाको मूलपानी, चाँगुनारायणलगायत क्षेत्रका किसानले रोपाइँको काम थालेका हुन् । त्यस्तै जुम्लामा मार्सी धान रोप्न किसानलाई भ्याइनभ्याइ छ । जुम्लामा कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको हो ।

जेठको पहिलो हप्तादेखि नै मार्सी धान रोप्न सुरु भएको थियो । जुम्लाका किसानले चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिकको पहिलो हप्तादेखि भित्र्याउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खेतबारीको काम गर्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन विज्ञले आग्रह गरेका छन् । सकेसम्म भौतिक दुरी सहित मास्कको प्रयोग गर्न तथा कम जनशक्तिले काम गर्न नार्क अन्तर्गत बाली तथा बागबानी अनुसन्धान निर्देशक वरिष्ठ वैज्ञानिक रामबहादुर केसीको सुझाव छ ।

बाग्लुङको गलकोट नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । पानी पर्याप्त भएका ठाउँमा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । खोला आसपास तथा बाह्रैमहिना सिँचाइ पुग्ने क्षेत्रमा रोपाइँको काम थालिएको हो । तराई तथा अरु ठाउँमा भने मनसुन सुरु भएपछि धान रोप्न सुरु हुनेछ । यसपालि समयमा नै मनसुन भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया जून १० तारिखमा नेपालमा मनसुन भित्रने गर्छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया