निषेधाज्ञाका कारण दूधको खपत ५० प्रतिशतले घट्यो, खपत कम हुँदा किसान मर्कामा

 जेठ २०, २०७८ बिहीबार १३:११:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निषेधाज्ञाको अवधिमा ५० प्रतिशत दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ । निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको बोर्डले जनाएको छ ।

निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध सङ्कलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै सङ्कलन र बिक्री हुने गरेको बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले दूध सङ्कलनमा पनि समस्या छ  । यस्तै दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् ।

किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट सङ्कलन भइ बिक्रीवितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पुर्याउने गरेको सरकारको तथ्याङ्कले देखाएको छ । उत्पादन गरेको सबै दूध बजारसम्म नआउँदा दूधबाट लिनुपर्ने व्यापारिक लाभ किसानले लिन नसकेको अधिकृत अधिकारीले बताउनुभयो । दूध र दुग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मानिस तन्दुरुस्त हुन प्रतिव्यक्ति वर्षमा ९१ लिटर दूध खान सिफारिस गरे पनि नेपालमा प्रतिव्यक्ति ७८.५ लिटर मात्रै खाने गरेको पाइन्छ । नागरिकले यसको प्रयोग बढाउनुपर्ने बोर्डका योजना अधिकृत अधिकारीको भनाइ छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया