नेपालमा काेराेनाकाे नयाँ 'भेरियन्ट' फेला परेकाे जानकारी छैन : डब्ल्यूएचओ

 जेठ २०, २०७८ बिहिबार १३:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ । 

नेपालमा काेराेनाकाे नयँ भेरियन्ट फैलिएकाे भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ । 

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेकाे जानकारी दिइएकाे छ ।  

भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई डब्ल्यूएचओले 'डेल्टा' नाम दिएको छ ।

   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया