रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्...
माघ २४, २०८१ बिहिबार
धनुषा – प्रदेश नम्बर २ सरकारले केन्द्र सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ काे बजेटमा चुरे क्षेत्रकाे ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा गर्ने उल्लेख गरेकाे भन्दै गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति नै निकालेर त्याे घाेषणा निर्णय फिर्ता गर्न भन्नुभएकाे छ । साथै उहाँले त्यस्ताे कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने बताउनुभएकाे छ ।
उहाँले प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कवचको रूपमा रहेको बताउँदै यस प्रदेशका नागरिक हरेक वर्ष बाढी पहिरो, पानीको समस्या र कृषि उपजसमेतको समस्याबाट प्रतारित हुँदै आएको बताउनुभएकाे छ । चुरे क्षेत्रको माटो एकदमै कमजोर रहेकाे र कमजोर भू–बनाेटका कारण यहाँका ढुङ्गा, गिट्टी निकालिए नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिँदै जाने प्रायः निश्चित भएकाे मुख्यमन्त्री रावतले बताउनुभएकाे छ ।
उहाँले निकाल्नुभएकाे विज्ञप्तिमा लेखिएकाे छ, प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ ।
प्रदेश नं. २ बाट ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न गर्ने नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले देशकै अन्न भण्डरको रूपमा रहेको यस प्रदेशकाे सम्पूर्ण भू–भाग मरुभूमिकरण भइ शतप्रतिशत नागरिककाे बिल्लीबाठ हुने निश्चित भएकाे उहाँले बताउनुभएकाे छ ।
वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश नं. २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग रहेकाे भन्दै मुख्यमन्त्री राउतले त्यसलाई सच्याउन आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।