अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम संसदीय दल नेता शाहसँग ४८ घण्टे स्पष्टीकरण माग

 जेठ २१, २०७८ शुक्रबार १४:४१:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुभएको छ ।

अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाइ कारबाही प्रक्रिया थालेको बताइएको छ ।

एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्कासन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोध्नुभएको छ ।

त्यस्तै शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।  

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया