महासेठ र तामाङकाे प्रतिक्रिया– ‘देशको आवश्यकताअनुसार मन्त्री बन्दैछौँ’

 जेठ २१, २०७८ शुक्रबार १९:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

उज्यालो अनलाइनसँगको कुराकानीमा नेता महासेठले आफू देशको आवश्यकताअनुसार उपप्रधान तथा परराष्ट्र मन्त्री बन्न लागेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले देशको आवश्यकताअनुसार मलाई नियुक्त गर्ने जानकारी आयो, शपथको तयारी गर्दैछु’, महासेठले भन्नुभयो । 

यस्तै प्रधानमन्त्री ओलीले शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिन लाग्नुभएको छ । उज्यालोसँगको कुराकानीमा नेता तामाङले प्रधानमन्त्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको र यसलाई चुनौती र अवसर दुवैको रूपमा लिएको बताउनुभयो । 

‘यस्तो बेलामा मन्त्री बन्नु भनेको अवसर र चुनौती दुवै हो, उहाँले मेरो आवश्यकता ठानेर त्यो ठाउँ दिनुभयो भने मैले पनि जिम्मेवारी पूरा गर्नको लागि डटेर लाग्नुपर्छ’, तामाङले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया