तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्,  कुन मन्त्रालयमा काे मन्त्री ?

 जेठ २१, २०७८ शुक्रबार २०:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएकाे छ । 

नयाँ मन्त्रिपरिषद् यस्तो छ–

केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
वसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङ : स्वास्थ्य 
शरतसिंह भण्डारी : ऊर्जा
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : संस्कृति– पर्यटन
चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झा : खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था
एकवाल मियाँ : युवा तथा खेलकुद
रेणुका गुरुङ : राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा 

अन्तिम अपडेट: बैशाख १०, २०८१

4 Comments

  • Sharmila Basnet

    June 4, 2021, 11:08 p.m.

    अन्य त मंत्री पद र त्यों पद सँग पाउने सुबिधा मात्र को लागि नियुक्ति भएको जस्तो छ। All in one ta PM ज्यु नै जस्तो लाग्यो।

  •  0 Reply
  • Netra prasad paudel

    June 4, 2021, 10:55 p.m.

    के नागरिकले यहि दिनका लागि राजा छाडेका हुन त ? किन यस्तो खेल खेल्दै छन् ? किन नागरिक मारेका छन् ? किन अनेकौं राजा बनेका छन् त ? राजेन्द्र महतोले २ नं क्षेत्रमा के गर्यो ? पहिले नै कालो धब्बा छ, फेरि उही मन्त्री बनाउनु राम्रो होइन/तिमीहरुको दिनगन्ती सायद शुरु भए जस्तो छ , सचेत रहनु , नागरिकको दिमाग खराब भयो भने तिमीहरुको काल आउने छ , जय नेपाल /

  •  0 Reply
  • Akash karki

    June 4, 2021, 9:49 p.m.

    वा हा क्या चतुर छन् है केपी बा.... सबै राम्रो र मुख्य आफै राखेर क्या ।।। प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन । सुताए बा ले संस्तै मा

  •  0 Reply
  • दिलीप थापा

    June 4, 2021, 9:25 p.m.

    अरू त त्यस्तै हो स्वास्थ्यमन्त्रि चाहीँ सवल पाईए जस्तो भान भएको छ, वाकी त पुरानै काक्रो चोरहरू न हुन..

  •  0 Reply

तपाईको प्रतिक्रिया