दिवस मनाइरहँदा  वातावरण संरक्षणमा  भने चुनौती बढ्दो

 जेठ २२, २०७८ शनिबार ७:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।

नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ । यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ । सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक भने पूरा हुन सकेको छैन । 

यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जलवायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाइ स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सबैले सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा लिएको बताउनुभयो ।

मानिसद्वारा प्राकृतिक स्रोतको अधिक दोहनका हुँदा पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको र त्यसलाई पुनःस्थापित गर्न वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको छ । प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया