कोरोना सङ्क्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्या खाली हुँदै

 जेठ २२, २०७८ शनिबार १२:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना सङ्क्रमणदर घटेसँगै धेरैजसो अस्पतालका शय्याहरु खाली हुन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँका अस्पतालमा बिरामीको चाप बिस्तारै घट्दै गएको छ । अस्पतालमा गम्भीर खालका बिरामीको सङ्ख्या घट्दै गए पनि जोखिम भने नटरेको विज्ञले बताउँदै आएका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएसँगै शय्या पनि खाल हुन थालेका  उपचारमा सहज हुने अस्पतालहरुले जनाएका छन् । यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका जिल्लाका बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा पनि चाप घटेको छ । त्यहाँ रहेका दुई सय शय्यामध्ये ४४ शय्या खाली भएको छ ।

अहिले भेरी अस्पतालमा १४१ बिरामी रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । यस्तै कोहलपुरमा रहेको शिक्षण अस्पतालमा रहेका १ सय ३० शय्यामध्ये ५२ शय्या खाली भएका छन्।

७८ बिरामी भर्ना भएकामा ७० बिरामीको अवस्था गम्भीर रहेको छ । यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल शय्यामध्ये १३ शय्या र युनाइटेड अस्पतालका १५ शय्यामध्ये १० शय्या खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया