ट्रम्पको आक्रोश : ‘मार्क जुकरबर्गलाई डिनरमा बोलाउनेछैन’

 जेठ २२, २०७८ शनिबार १३:५५:७ | एजेन्सी
unn.prixa.net

कठमाण्डौ – आफ्नो फेसबुक एकाउण्ट दुई वर्षको लागि निलम्बन (सस्पेण्ड)  गरेको विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाउनुभएको छ ।

उहाँले फेसबुकले आफ्नो एकाउण्ट दुई वर्षको लागि बन्द गराउँदा करोडौँ अमेरिकी नागरिकको अपमान भएको बताउनुभएको बीबीसीले जनाएको छ । आफूलाई विश्वास गरेर भाेट दिने साढे सात कराेड अमेरिकीकाे फेसबुक प्रतिकाे विश्वास घात भएकाे पनि उहाँकाे भनाइ छ ।

यस्तै ट्रम्पले आफ्नो एकाउण्ट बन्द गरेको भन्दै फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई 'डिनर'मा नबोलाउने समेत बताउनुभएको छ । ट्रम्पको 'सेभ अमेरिका पोलिटिकल एक्शन कमिटी’ले जारी गरेको बयानलाई उद्धृत गर्दै ट्रम्पले जुकरबर्गलाई डिनरमा नबोलाउने बताएको बीबीसीले लेखेको छ । 

‘अर्को पटक जब म ह्वाइट हाउसमा हुनेछु, त्यहाँ जुकरबर्ग र उनकी श्रीमतीको लागि डिनरमा बोलाइने छैन’, जारी गरिएकाे बयानमा भनिएको छ । 

हिजाे शुक्रबार देखि ट्रम्पको फेसबुक र इन्स्टाग्रामलाई दुई वर्ष सम्मको लागि निलम्बन गरिएको छ । यो भन्दा पहिले गएको जनवरीमा अनिश्चितकालीन रोक लगाइएको थियो ।  ट्रम्पलाई ट्विटरले पनि प्रतिबन्ध लगाएको छ । यसरी सबै सामाजिक सञ्जालबाट आफूलाई प्रतिबन्ध लाग्दै गएपछि ट्रम्पले गएको महिनादेखि आफ्नै निजी सामाजिक सञ्जाल सञ्चालनमा ल्याउनुभएको छ ।

 


अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया