बर्खामा हुन सक्ने विपद् न्यूनीकरणका लागि पूर्वतयारी थालेको सरकारको दाबी

 जेठ २२, २०७८ शनिबार १४:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा हुन सक्ने विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको जनाएको छ ।

विपद जाेखिमकाे सामना गर्न पूर्वतयारी गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले यसपालिको बर्खामा हुन सक्ने बाढी पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि केन्द्रदेखि पालिकासम्म छलफल गरेर तयारी थालेको बताउनुभयो । विपदको उद्धारमा खट्ने जनशक्तिलाई कोरोना संक्रमणबाट कसरी बचाउने भन्ने चुनौती भने रहेको उहाँले बताउनुभयो ।

विपद व्यवस्थापन गर्ने पहिलो पक्ष स्थानीय सरकार भएकोले पालिकाहरुले विपद्पूर्वको काम गरिरहेका प्रमुख पोखरेलले बताउनुभयो । विपदमा उद्धारमा खटिनेहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यसपालिको बर्खामा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया