त्रिदेशीय टी–२० शृङ्खला : थाइल्यान्डकाे पहिलाे हार, नेदरल्यान्ड्...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – गएको २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन हजार ५ सय ४० जना र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यही अवधिमा ८ हजार २ सय ४३ जना निको भएका छन् । आज कोरोना निको हुनेदर ८२ दशमलव ८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि गएको २४ घण्टामा ५ हजार ४२ जनामा संक्रमण हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।