आईसीसी विश्व कप लिग–२ : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे शृङ्खला स्पेनमा हुने

 जेठ २३, २०७८ आइतबार १४:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले शृङ्खला स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने जानकारी दिनुभयो । 

‘भिसा, क्वरेण्टीन लगायत मिलाउनुपर्ने कुरा धेरै छन्, सबै कुराको टुङ्गो केही दिनभित्रै हुन्छ, हामीले पनि तयारी गरिरहेका छौँ’, प्याकुरेलले उज्यालोसँग भन्नुभयो । 

त्रिदेशीय प्रतियोगिता जुलाईको दोस्रो हप्तातिर हुने सम्भावना छ । स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो । लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै श्रृङ्खला खेलेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया