अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकामा प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिँदै आफूले पाएको त्यही विश्वासकाे आधारमा अघि बढ्ने बताउनुभएकाे छ ।
विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराउनुभयाे । उहाँले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयाे ।
संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा नागरिकले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उहाँकाे भनाइ छ । प्रदेश सभाको कार्यकाल झन्डै डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै मुख्यमन्त्री भट्टले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणाम धमाधम आउने दाबी गर्नुभयाे ।
मङ्गलवार प्रदेश सभामा विश्वासकाे मत लिने क्रममा नेकपा एमालेको नेपाल पक्षले मत दिँदा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भट्टकाे पद जाेगिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।