नयाँ बानेश्वरमा यसरी राखियाे आकाशे पुल (तस्बिरहरू)

 जेठ २६, २०७८ बुधबार १९:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे अति व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखिएको छ । सङ्घीय संसद् भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका थिए ।

सडकमा बनाइएकाे फलामकाे ट्रस्टलाई बुधवार दिउँसाे क्रेनकाे सहायतामा आकाशे पुलको पिल्लरमा जोडिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले अब साधारण समयमा दैनिक १५ हजार जना व्यक्तिलाई वारिपारि गर्न सहज बनाउने छ ।

यस्तै सडकमा ट्राफिकलाई समेत सहज बनाउने छ । आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाण्डाै सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताउनुभयो ।

३८ मिटर लम्बाइकाे यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत तीन करोड १० लाख रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया