पनौतीमा बाढीप्रभावितलाई सम्पत्ति कर छुट

 पुष १८, २०८१ बिहीबार ९:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेको पनौती नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।

नगरको १६औँ नगरसभाले निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरिएको नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढी पहिरो पीडितलाई यो सुविधा दिइने भएको हो ।

गएको असोज दोस्रो हप्ताको बाढी पहिरोले पनौतीमा एक विदेशी नागरिकसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् ।

नगरको विवरणअनुसार बाढीपहिरोले पाँच सय ८६ घर पूर्णरूपमा क्षति भएको छ भने नौ सय ४४ वटा घर उच्च जोखिममा रहेका छन् । 
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया