अस्ट्रेलियासँगकाे खेलमा बाँकी युवा खेलाडीले पनि अवसर पाउन सक्छन् : प्रशिक्षक अलमुताइरी

 जेठ २७, २०७८ बिहीबार १६:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि अवसर पाउन सक्ने सङ्केत गर्नुभएकाे छ ।

विश्व कप छनोट अन्तर्गत भोलि अस्ट्रेलियासँग हुने खेलको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा अवसर नपाएका युवा खेलाडीले पनि अवसर पाउन सक्ने बताउनुभएकाे हाे ।  

अस्ट्रेलियासँगको खेल गाह्रो भए पनि नेपालले सकभर राम्रो खेल्ने र समर्थकलाई खुसी दिन प्रयास गर्ने प्रशिक्षक अलमुताइरीकाे भनाइ छ । नेपाली टोलीको खेल्ने शैली सुधार भएको पनि उहाँकाे दाबी छ । 

पत्रकार सम्मेलमा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाल एक मेहनती टीम भएको र नेपालसँगको खेललाई लिएर आफूहरू उत्साहित रहेको बताउनुभएकाे छ । उहाँले नेपाली खेलाडी र प्रशिक्षकले राम्रो गरिरहेको र नेपालको खेल्ने शैलीलाई सम्मान गर्ने पनि बताउनुभयाे । 

विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा भोलि नेपालले कुवेतमा अस्ट्रेलियासँग खेल्न लागेकाे हाे ।    

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया