यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम आज फेरि सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ ।
खोप बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खाेप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले थप पाँच सय डोज उपलब्ध गराएकाले आज प्राप्त खोप लगाउन लागिएको नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो ।
खोप केन्द्र बूढानीलकण्ठ नगरपालिका २ मा रहेको गणेश चोक र वडा नम्बर १० मा रहेको बालउद्धार माविमा राखिएको छ । गएको सोमवार र मङ्गलवार नगरपालिकाका एक हजार नाै सय आठ जनालाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको थियो ।
यसैबीच खोप अभाव भएपछि काठमाण्डौ महानगरपालिकामा भने खोप कार्यक्रम स्थगित भएको छ । खोप अभाव भएपछि महानगरको ३२ वटै वडामा हुँदै आएको खोप कार्यक्रम स्थगित भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।