अंकिता लोखण्डेपछि कृतिसँग पनि ब्रेकअप गरे सुशान्तले

 भदौ १०, २०७५ आइतबार १३:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीच ब्रेकअप भएको खबर अहिले चर्चाको विषय बनेको छ । 

अभिनेत्री अंकिता लोखण्डेसँग लामो समयसम्म सम्बन्धमा रहेका सुशान्तले पछि अंकितालाई छोडेर कृतिसँग डेट गर्न सुरु गरेका थिए । तर अहिले कृतिसँगको सम्बन्ध पनि टुटेको छ । 

सुशान्तको यस पटकको ब्रेकअपको हुनुको कारण पनि त्यही पुरानै छ । 

सुशान्त र अंकिता टेलिभिजनको चर्चित शो पवित्र रिश्तामा एकसाथ काम गरेका थिए । यही शोका क्रममा सुशान्त र अंकिता नजिक भएका थिए । लामो समयसम्म एकसाथ काम गरेपछि सुशान्तले टेलिभिजन छोडेर बलिउड फिल्ममा करियर सुरु गरेका थिए ।

बलिउडमा फिल्म ‘काई पो चे’बाट डेब्यू गरेका सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए । फिल्ममा काम  गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए । 

एक पछि अर्को फिल्ममा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए । ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो । यस हालतबाट बाहिर निस्कन उनलाई  लामो समय लागेको थियो । 

अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन् । यता सुशान्त भने अभिनेत्री कृति सेननसँग डेट गर्न सुरु गरेका थिए । सुशान्त र कृतिले फिल्म ‘राब्ता’मा एकसाथ काम गरेका थिए । 

यही फिल्मका क्रममा यी दुइबीचको सम्बन्ध गहिरिएको थियो । तर अहिले फेरि सुशान्त र कृति पनि छुट्टिएको खबरहरु सार्वजनिक भएका छन् । यो सम्बन्ध टुट्नु पनि सुशान्तको पुरानै बानीका कारण हो । 

सुशान्त यतिबेला उनको फिल्म ‘किजी और मैनी’को छायाँकंनका क्रममा जमशेदपुरमा छन् भने  कृति फिल्म ‘हाउसफुल ४’ का लागि लण्डनमा छिन् । 
सुशान्तले कृतिलाई समय दिनुको साटो आफ्नो फिल्मकी सहअभिनेत्रीका साथ समय बिताइरहेका छन् ।

उनको यही आवश्यकताभन्दा बढी नजिक हुने बानीका कारण उनीसँग काम गरिरहेकी अभिनेत्रीले निर्मातालाई भनेर फिल्मको छायाँकंन पनि रोकिएका खबर केही दिन अगाडि आएका थिए । 

के श्रद्धा कपूर यसको कारण हुन त ? 

केही समय अघि आएका खबरहरुका अनुसार सुशान्त राजपुतको जोडीको रुपमा अभिनेत्री श्रद्धा कपूरलाई साइन गरिएको थियो ।

श्रद्धालाई साइन गरेपछि यो कुरा कृतिलाई चित्त बुझेको थिएन । कृतिले श्रद्धालाई किन साइन गरिएको  भन्दै निर्माता निर्देशकसामु आपत्ति जनाएकी थिइन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया