ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दै छ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान गरेका छन् । अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।
हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।