बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

 जेठ २८, २०७८ शुक्रबार १८:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको दाबी परेको छ । 

उहाँले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गर्दै प्रदेश प्रमुख कार्यलयमा दाबी पत्र दर्ता गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उहाँले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । 

दाबी पत्र दर्तासमेत भइसकेको छ । मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र १ गरी ३१ सांसदको हस्ताक्षरसहित उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले हिजो प्रदेश सभामा विश्वासको मत लिन नसक्नुभएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गर्न २४ घण्टे आह्वान गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया