चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्ती मकुना मर्‍याे

 माघ २४, २०८१ बिहीबार १०:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जको टोलीले हानेको गोली लागेर जङ्गली हात्ती मकुना मरेको छ । हिजो नियन्त्रणमा लिने प्रयास गर्दा आक्रमण गर्न खोजेपछि सुरक्षा टोलीले आत्मरक्षाका लागि गोली चलाउन बाध्य भएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार जङ्गल बाहिर निस्किएर दुःख दिन थालेपछि कोर क्षेत्रतर्फ पठाउने क्रममा गोली प्रहार हुँदा मकुना मारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।

‘आत्मरक्षाका लागि टोलीले दुई राउन्ड वार्निङ हवाई फायर गरेका थिए । त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसाद तर्फ आउँदा त्यहाँ सवार रेञ्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्वीप टोलीले मकुनालाई तीन राउन्ड गोली प्रहार गर्दा केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो’ निकुञ्जले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।


 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया