युरोकपमा आज तीन वटा खेल, विश्वमै शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

 जेठ २९, २०७८ शनिबार ९:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको  बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे ।

प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल ११ सहरमा सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया