सिद्धार्थ राजमार्गमा पहिरो, सडक खुल्न समय लाग्ने

 जेठ ३०, २०७८ आइतबार ९:२२:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - केही दिनयतादेखि लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प भएको छ । स्याङ्जा-पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको छ । पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।

बिहानदेखि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया