मास्क नलगाइ माेटरसाइकल र्‍यालीमा जाने ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

 जेठ ३०, २०७८ आइतबार १४:५६:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमण राेकथामका लागि जारी गरिएकाे नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बाेलसाेनाराेलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।

शनिवार (हिजो) साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा पुग्नुभएका राष्ट्रपति बाेलसाेनाराेले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ । र्‍यालीमा उहाँले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘जसले यसको विरोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको सङ्क्रमण हुँदैन ।’

साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार (इन्फ्रास्ट्रक्चर) मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरिबाना तिराएको छ । मोटरसाइकल र्‍यालीअघि साउ पाउलो राज्यका गर्भनर जोआओ डोरियाले कोरोनाविरुद्ध बनाइएको नियम नमान्नेलाई कारबाही हुने बताउनुभएको थियो ।

ब्राजिलमा अहिलेसम्म १२ प्रतिशतले कोरोनाविरुद्धको खोपको दोस्रो डोज पाइसकेका छन् । ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म एक करोड ७३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने चार लाख ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

राष्ट्रपति बोलसोनारोमाथि कोरोना रोकथामका लागि गम्भीर नभएको आरोप लाग्दै आएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया