सिद्धार्थ राजमार्ग दुईतर्फी खुल्न अझै केही दिन लाग्ने

 जेठ ३०, २०७८ आइतबार २०:२७:४३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – पहिरो गएपछि बन्द भएको सिद्धार्थ राजमार्ग दुईतर्फी नै खुल्न अझै केही दिन लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले राजमार्ग दुवैतर्फ खुल्न अझै दुई–तीन दिन लाग्ने बताउनुभयो ।

लगातारको पानीले स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा आइतवार बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । दिउँसोपछि भने एकतर्फी सडक खुलेको छ ।

डीएसपी अधिकारीका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही दिन लाग्ने भएको छ । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो ।

यो सडकले स्याङ्जा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया