स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
आमा सरस्वती गीता देवी फिल्मस् प्रा.लिको प्रस्तुति ‘छक्का पन्जा’लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको ‘छक्का पन्जा’मा कथा-पटकथा-संवाद दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रलाई बिपिन मल्लले सम्पादन गरेका छन् ।
चलचित्र छक्का पन्जामा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, शिवहरि पौडेल, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारहरुले अभिनय गरेका छन् ।
मूलत छक्का पन्जामा वैदेशिक रोजगारीले हाम्रो गाउँ समाजमा पारेको प्रभावलाई देखाउन खोजेको छ । चलचित्रको पहिलो दृष्य बाटोमा छ जहाँ डीभी परेको अतित अर्थात् शिवहरि पौडेललाई बिदाई गर्न र बससम्म छोड्नको लागि साथीहरु आएका छन् ।
अतितको बिहे आफूभन्दा २० वर्ष कान्छी युवती वृन्दा अर्थात् वर्षा राउतसँग हुन्छ । सुरुमा त छोरी दिन मानेका हुँदैनन् तर डीभी परेपछि छोरी दिन राजी हुन्छन् ।
राजा अर्थात् दीपकराज गिरीकी आमा बसुन्धरा भुसाल राजाको बिहेको लागि कन्याको खोजीमा हुन्छिन् ।
उता जेटी अर्थात् बुद्धि तामाङ्ग श्रीमती पीडित हुन्छ । उसकी श्रीमतीले काम नगरी गाउँ डुलेकोमा जेटिलाई हप्काइरहन्छे । सरस्वती अर्थात जितु नेपाल पण्डितका छोरा हुन्छन् ।
आफ्नो काम र नामबाट उनी दिक्क भएका हुन्छन् भने माग्ने अर्थात् केदार घिमिरेको विभिन्न क्रियाकलापले गर्दा उनकी आमा सारदा गिरी गाउँलेको नानाथरिको कुरा सुन्न बाध्य हुिन्छन् । यी चारैजना एउटै ग्याङ्गका हुन्छन् र उनीहरु बेरोजगार हुन्छन् ।
अतित यानेकी िशवहरि पौडेल अमेरिकाको लागि निस्कन्छन् । श्रीमान् सबै अरबको खाडीमा, श्रीमती अर्कैको गाडीमा भनेझैँ यता अतितकी श्रीमती वृन्दा अर्थात्वर्षा राउत र राजा अर्थात्दिपकराज गिरीको अवैध सम्बन्ध रहेको रहस्य बाहिरिन्छ । जस्ले र्दश्येमालाई नयाँ मोड दिन्छ ।
जाको कुरा लिएर गाउँले सबै राजाको घर पुग्छन् । गाउँलेहरु राजाले सरस्वती, जेटी, माग्ने सबैलाई बिगारेको कुरा राजाको आमालाई सुनाउँछन् । यो कुराले राजाकी आमा बसुन्धरा भुषाल चिन्तित हुन्छिन् र राजालाई सुधार्नको निम्ती बिहे गर्ने निर्णयमा पुग्छिन् । राजाले आमाको दबाबले बिहे गर्न राजी त हुन्छ तर बिहेको लागि राजाले केही अचम्मको शर्त अगाडि सार्छ ।
बाटोमा क्यारमबोर्ड खेलिरहेको समयमा बुद्धिले आफ्नो श्रीमतीलाई नानाथरि भनिरहेको बेला उसकी श्रीमती पछाडि टुप्लुक्क आएर सुन्न पुग्छे जस्ले गर्दा बुद्धि बेलुका घर जान डराउँछ । यता राजा र अरु साथीहरुले बुद्धिलाई हुने नहुने सिकाउँदै रक्सी पिलाउँछन् ।
श्रीमती कुटेपछि बुद्धिकी श्रीमती घर छोडेर माइत जान्छे । बहिनी कुटेको थाहा पाएपछि बुद्धिका जेठान अर्थात् जयनन्द लामाले बुद्धिलाई नराम्रोसँग भकुर्छन् । बुद्धिले कुटाई खाएको कुरा राजाले थाहा पाउँछ । उनीहरु बुद्धिको जेठानलाई पिट्न लागेको समयमा चम्पा अर्थात् प्रियंका कार्कीको आगमन हुन्छ ।
राजाको लागि केटी हेर्ने क्रम चलिरहन्छ । धेरै ठाउँमा राजाको लागि केटी हेरिन्छ तर राजाको शर्त बिहे गरेर लगेको केटिलाई हरेक दिन थप्पड हान्ने सुनेर कसैले छोरी दिन मान्दैनन् ।
यसै गरी एउटा घरमा राजाको लागि केटि माग्न जान्छन् । राजाले त्यो घरमा पनि आफ्नो शर्त सुनाउँछन् । केटिको बुवाले मान्दैनन् तर केटिले त्यो शर्त मन्जुर गर्छे । त्यो केटि हुन्छे चम्पा अर्थात् प्रियंका कार्की ।
उता राजाका साथीहरु राजाको बिहे हुने खबरले चिन्तित हुन्छन् । उनीहरु रक्सी पिएर राजाको घर पुग्छन् ।
राजाको बिहेको तयारी चलिरहेको बेलाफिलिममा एउटा नयाँमोड आउँछ । राजाको बच्चा वृन्दा अर्थात् वर्षा राउतको पेटमा हुर्किरहेको हुन्छ ।
गाउँको परिस्थिति र रोगी आमाको बाध्यता बुझेर माग्ने विदेश जानको लागि काठमाडांै हानिन्छ । यता अमेरिका गएको वृन्दाको श्रीमान् अतित अर्थात्शिवहरि पौडेल गाउँ फर्कन्छ ।
राजाले चम्पालाई बिहे गर्छ । तर राजाले शर्त अनुसार थप्पड भने हान्न सक्दैन । बरु चम्पाले राजालाई सुधार्न उल्टै चौकीसम्म पुर्याउँछे ।
समय र परिस्थिति कतिखेर परिर्वतन हुन्छ कसैलाई थाहा हुँदै न । चम्पाको विगत सुनेपछि राजाले चम्पालाई माया गर्न थाल्छ ।
सरस्वती अर्थात्जितु नेपालको पे्रमिका बिष्णु अर्थात्नम्रता सापकोटासँग बिहेको निम्ति मान्छे माग्न पुग्छन् । यो देखेर सरस्वतीलाई असह्य हुन्छ ।
सरस्वतीले आफ्नो र बिष्णुको प्रेमको कुरा बताएर आएका मान्छेलाई त फर्काउँछ तर बिष्णुलाई बिहे गर्ने भए पैसा कमाउनु पर्ने र त्यसको लागि बिदेश जानु पर्ने कुरा बिष्णुको बुवाले सुनाएपछि सरस्वती राजासँग पैसा लिएर बिदेश जानको लागि काठमाण्डौ जान्छ ।
उता बुद्धिले पनि गल्तीको महसुस गर्दै आफूसँग रिसाएर माइत गएकी श्रीमतीलाई फकाएर घर फर्काउँछ । दिनहरु राम्रैसँग चलिरहेको हुन्छ । फिल्ममाआर्यन सिग्देलको आगमन सँगै नयाँ मोड आउँछ ।
चम्पा अर्थात् प्रियंका कार्कीले राजा अर्थात् दीपकराज गिरीलाई धोका दिएर आर्यन सिग्देलसँग भाग्छे । राजा चम्पालाई खोज्दै काठमाडांै पुग्छन् । पुलिस रिर्पोट गरे हल्ला हुने डरले उनीहरु पुलिसकोमा नगई त्यो टोलको दादाकोमा पुग्छन् तर त्यो टोलको दादा माग्नेलाई देखेर छक्क पर्छन् ।
आर्यनले राजालाई फोन गरेर आफू र चम्पा बिहे गर्न लागेको रोक्न सक्ने भए रोक्न राजालाई च्यालेन्ज गर्छ । राजा बिहे रोक्न मन्दिर पुग्छ । मन्दिरमा बिहे आर्यन र चम्पाको नभएर राजाको साथी अतीत अर्थात्शिवहरि पौडेल र चम्पा अर्थात् प्रियंका कार्कीको हुन लागेको रहस्य खुल्छ ।
यी सबै घटनापछि राजा सांसारिक मोह त्याग गर्दै सन्यासी हुन्छ । उता वृन्दा अर्थात् वर्षा राउतलाई राजाकी आमाले बुहारी स्विकार गर्दै नातिनी, बुहारी र हजुरआमासँगै बस्न थाल्छन् ।
सरस्वती अर्थात्विदेशबाट फर्किन्छ र बिष्णु अर्थात् नम्रता सापकोटालाई बिहे गर्छ । माग्ने पनि घर फर्किन्छ । बुद्धि वैदेशिक रोजगारीको लागि बिदेश लाग्छ र चलचित्र सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।