खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाण्डौ आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो । विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ । गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।