कोपा अमेरिका : कोलम्बियाले इक्वेडरलाई हरायो

 जेठ ३१, २०७८ सोमबार ८:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । कोलम्बियाले इक्वेडरलाई १–० गोलले हराएको हो । उसका लागि खेलको ४२ औं मिनेटमा इड्विन कार्डोनाले गोल गरे ।

खेलको धेरै समय कोलम्बियाले इक्वेडरमाथि दबाब बनाएको थियो । समूह 'ए' मा कोलम्बिया, ब्राजिल, पेरु, इक्वेडर र भेनेजुएला रहेका छन् । आजै बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको छ । ब्राजिलका लागि  नेयमार,  ग्रावियल बार्वोसा र मोरक्विनोले गोल गरे ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोलको सुरुवात गरेको थियो । भेनेजुयलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया