आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने

 जेठ ३१, २०७८ सोमबार १७:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्विटर/ईएसपीएन

काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड ७५ लाख रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने भएकाे छ ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिअफ अलारडाइसले टेस्ट च्याम्पियनशिपकाे विजेताले १ दशमलव ६ मिलियन डलर बराबरकाे पुरस्कार रकम पाउने घाेषणा गर्नुभएकाे ईएसपीएन–क्रिक–इन्फाेले जनाएकाे छ । याे रकम १८ कराेड ७५ लाख नेपाली रुपैयाँ हुन आउँछ । 

यस्तै उपविजेताले नाै कराेड ३७ लाख रुपैयाँ पुरस्कार रकम पाउने ईएनपीएन–क्रिक–इन्फाेले जनाएकाे छ । फाइनल खेल बराबरी भएमा पुरस्कार रकम बाँडिने ईएनपीएन–क्रिक–इन्फाेमा उल्लेख छ । 

यही जुन १८ देखि सुरु हुने विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा भारत र न्युजिल्यान्ड खेल्दै छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया