युराे कप : चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

 जेठ ३१, २०७८ सोमबार २०:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डकाे ह्याम्पडेन पार्कमा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गाेलले हराएकाे हाे । 

पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे चेक रिपब्लिकले दाेस्राे हाफमा अर्काे एक गाेल थपेकाे हाे । रिपब्लिकका लागि दुवै गाेल पट्रिकले गरे । उनले खेलकाे ४२ औँ र ५२ औँ मिनेटमा गाेल गरे । 

आजै राति पाैने दश बजे हुने खेलमा पाेल्यान्ड र स्लाेभाकिया खेल्दै छन् भने राति पाैने एक बजे स्पेन र स्विडेन खेल्दैछन् । 

अन्तिम अपडेट: असार ३०, २०७८

तपाईको प्रतिक्रिया