युरोकप फुटबलमा स्पेन र स्वीडेनले अङ्क बाँडे

 असार १, २०७८ मंगलबार ६:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् ।  गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । यस्तै, स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीसँगै समूह 'ई' को स्पेनले १ अङ्क जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्वीडेन १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: असार २८, २०७८

तपाईको प्रतिक्रिया