कोपा अमेरिका : पाराग्वेसँग बोलिभिया पराजित

 असार १, २०७८ मंगलबार ९:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा पाराग्वे विजयी भएको छ । बिहान सकिएको खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेका लागि एन्जल रोमेरोले दुई तथा एलेहान्ड्रो रोमेरोले एक गोल गरे । खेलको १० औं मिनेटमा पाएको पेनाल्टीमा बोलिभियाका  एरबिन साभेड्राले गोल गरेर अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । यामे क्युलरले रातो कार्ड पाएपछि खेलको दोस्रो हाफमा बोलिभिया १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै समूह 'बी' मा रहेको पाराग्वेले ३ अङ्क जोडेको छ । यसअघि गएराति भएको यही समूहको खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै एक/एक अङ्क बाँडेका थिए । पाराग्वे ३ अङ्कसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना एक अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै एक अङ्क नै रहेको चिली तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया