नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले कर्णाली प्रदेश संसदीय दलको ह्विप

 असार १, २०७८ मंगलबार १४:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।   

मङ्गलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

संसदीय दलको बैठकले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने कर्णाली प्रदेश सरकारको तयारी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया