सर्वोच्चको आदेशले पुनर्बहाली भएका कर्णालीका ४ एमाले सांसद भन्छन्, ‘हामी सरकारकै पक्षमा मतदान गर्छाैँ’

 असार १, २०७८ मंगलबार १४:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरूले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमकाे पक्षमा मतदान गर्ने भएका छन् ।

२०७२ को जेठ २ गतेअघिको कमिटीले सरकारबाट बाहिरिने निर्णय गरेपछि मात्रै आफूहरू सरकारबाट बाहिरिने भएकाले आफूहरूलाई ह्विप नलाग्ने एमाले सांसद अमरबहादुर थापाले बताउनुभयो । 

उहाँले उज्यालोसँग कुरा गर्दै भन्नुभयो, ‘२०७५ को जेठ २ गतेको अवस्थाको कमिटीले निर्णय गरेर हामीलाई सरकारबाट फिर्ता नबोलाएसम्म हाम्रो समर्थन सरकारलाई रहन्छ । सरकारमै रहेनेहरू सरकारले नै ल्याएको विपक्षमा मतदान गर्ने कुरै आउँदैन ।’ 

निलम्बनमा परेका नेकपा एमालेको खनाल–नेपाल समूहका कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्च अदालतले हिजो मात्रै पुनर्बहाली गरिदिएको हो । 

सर्वोच्च अदालतले प्रदेश सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अन्तरिम आदेशमार्फत सांसद पद कायमै रहेको आदेश दिएको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना सांसद रहेका छन् भने माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद रहेका छन् । 

खनाल–नेपाल पक्षका चार सांसदले 'फ्लोर क्रस' गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया