एलन मस्क अमेरिकी सरकारकाे विशेष कर्मचारीका रूपमा नियुक्त

 माघ २२, २०८१ मंगलबार १२:४४:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गर्नुभएको छ ।

ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उहाँलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ । योसँगै अब मस्कले सङ्घीय सरकारका लागि पनि काम गर्न सक्ने अमेरिकी समाचार संस्था वाशिङ्टन पोस्टले जनाएको छ ।

मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ का रूपमा वर्गीकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले बताउनुभएको छ । उहाँका अनुसार यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने तर कानूनको भने पालना गर्नुपर्ने छ ।

विशेष सरकारी कर्मचारी पद बढीमा एक सय ३० दिनका लागि मात्रै हुन्छ । मस्कले सङ्घीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने बताउँदै आउनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया