एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको दोस्रो प्रि–क्वाटरफाइनलमा मच्छिन्द्रले एपीएफलाई २–० गोलले हरायो । मच्छिन्द्रका आदित्य शाक्य र स्टेफेन कामहाले गाेल गरे ।
अब मच्छिन्द्रले क्वाटरफाइनलमा आउँदो आइतवार माघ २७ गते थ्री स्टार क्लबसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो प्रि–क्वाटरफाइनलमा भोलि न्युरोड टिम (एनआरटी) क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।
हिजोदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।