कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, एमालेका ४ सांसदले पार्टीको ह्विप मानेनन्

 असार १, २०७८ मंगलबार १५:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको भए पनि एमालेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लङ्घन गरेका हुन् ।  

सरकारमा सहभागी हुनुभएका प्रकाश ज्वालाबाहेक अरू तीन जना मन्त्री भइसकेका छन् । उनीहरू नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् बैठकमा नै उपस्थित भएका थिएनन् ।

कर्णाली प्रदेश सभा बैठक दिउँसो चार बजेसम्मका लागि स्थगित गरिएको छ । बजेट सार्वजनिक गर्नका लागि दिउँसो चार बजे अर्को बैठक आह्वान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया