सार्वजनिक खर्चलाई मितव्यवी र पारदर्शी बनाउन भन्दै नयाँ मापदण्ड ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेस निकटको इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरूमा निःशुल्क रूपमा स्वास्थ्य उपकरणको मर्मत–सम्भार गरिदिन थालेको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरूको मर्मत–सम्भार गरिदिन थालेको हो ।
कतिपय अस्पतालमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, मनिटर, आईसीयूमा प्रयोग हुने विभिन्न उपकरण चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरूको समूहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ ।
इन्जिनियरहरूको समूहकी एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम सुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको बताउनुभयो । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफूहरूले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उहाँले बताउनुभयो ।
इन्जिनियरहरूकाे यस समूहले मङ्गलवार ललितपुरमा रहेकाे सर्वाङ्ग अस्पतालमा रहेको भेन्टिलेटरको समस्यालाई अस्पतालमै गइ समाधान गरिदिएको इन्जिनियर उत्तम श्रेष्ठले जानकारी दिनुभयो । सर्वाङ्ग अस्पतालको भेन्टिलेटर अहिले प्रयोग गर्न योग्य भएको उहाँले बताउनुभयो ।
अहिले नेपालको ७५ प्रतिशत अस्पतालमा बायोमेडिकल इन्जिनियर नभएको भन्दै इन्जिनियर श्रेष्ठले अहिलेको परिवेशमा अस्पतालहरूमा बायोमेडिकल इन्जिनियरहरूले सहयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।