भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ - दुवै मिर्गाैला फेल भएका अछामका पत्रकार ध्रुव बीसीलाई उपचारमा आर्थिक समस्या भएको छ । मिर्गाैला प्रत्यारोपणको तयारीमा रहेका बीसीलाई आर्थिक समस्या भएको हो । अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बीसी एक वर्षदेखि डायलासिस गर्दै आउनुभएको छ ।
स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि अहिले मिर्गाैला प्रत्यारोपणको तयारी गरिएको बीसीले बताउनुभएको छ । पत्रकार बीसीले उपचारका क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै रकम खर्च गरिसक्नुभएको छ ।
तत्काल मिर्गाैला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने बीसीलाई बताएका छन् । नयाँ मिर्गाैला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने भएकोले आफूलाई सक्दो सहयोग गरेर जीवन रक्षा गरिदिन बीसीको आग्रह छ। उहाँले ध्रुव बीसीको नाममा आइएमी गरेर, ईसेवामार्फत र बैंक खातामार्फत सयोग गर्न सकिने बताउनुभएको छ ।
पत्रकार ध्रुव बीसीलाई नेपाल एसबीआई बैंकको भक्तपुर शाखाको खाता नम्बर २०७१५२४१४०५६५४, कृषि विकास बैंकको मङ्गलसेन अछाम शाखाको खाता नम्बर ०८२२६०११०९८४४०२६ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । यस्तै ई–सेवा नम्बर ९८५११३०९६५ मा पनि सहयोग रकम जम्मा गर्न सकिने पत्रका बीसीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।