यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यम...
पुस २४, २०८१ बुधबार
ललितपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोमा रहेको एक कल सेन्टरमा छापा मारेको छ । छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएको आरोपमा पक्राउ गरिएको हो । अहिले अनुसन्धान चलिरहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
अभियुक्तहरूबाट ८५ थान ल्यापटप–कम्प्युटर, ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरूले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।