डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश

 असार ३, २०७८ शुक्रबार ५:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन ।

बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह 'बी' मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया