विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि

 असार ४, २०७८ शुक्रबार ११:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । खेल इङ्ल्यान्डको साउथ ह्याम्प्टनमा दिउँसो सवा तीन बजे सुरु हुनेछ । पहिलो विश्व टेस्ट च्याम्पियनसिपको ट्रफी आफ्नो देशले जित्ने दुवै टोलीले दाबी गरेका छन् । विश्व वरीयतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् ।

दुई वर्षअघि सुरु भएको टेस्ट च्याम्पियनसिप अन्तर्गत भारतले १७ खेलमा १२ खेल जितेको थियो भने न्युजिल्यान्डले ११ खेलमा सात खेल जितेको थियो । च्याम्पियनसिपको उपाधि जित्ने टोलीले १६ मिलियन अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया